सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतमा चारतले भवन भत्किँदा १४ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १, ०२:३०

भरतमा चारतले भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ भने करिब ५० जना पुरिएका छन्। मंगलबार करिब साढे ११ बजेतीर  भारतको मुम्बईस्थित डोंगरीमा एक सय वर्ष पुरानो चारतले भवन भत्किएको हो। घाइते ८ जनालाई उद्धार गरिएको छ भने उनीहरूको जेजे अस्पतालमा उपचार भइरहेको बताइएको छ। १५ परिवार भग्नावशेषमा पुरिएको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले बताएका छन्। पुरिएका सबैलाई निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिएका छन्। 

उक्त भवन साँगुरो गल्लीमा भएकाले उद्धार कार्यमा कठिनाइ भएको छ। गाडी छिर्न सक्ने बाटो नभएकाले उद्धारकर्मीले स्रोत साधन प्रयोग गर्न नसकिएको बताएका छन्। पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारले घोषणा गरेको छ। उक्त भवनवरपरका भवन खाली गराइएको छ। उक्त दुर्घटनाका प्रभावित व्यक्तिलाई नगरनिगमले इमामबाडा म्युनिसिपल सेकेन्डरी गल्र्स स्कूलमा आश्रय दिएको छ। 

कमेन्ट लोड गर्नुस