सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भुक्तानी लिन गएका उपभोक्ता समितिका अध्यक्ष मृत फेला

। फोटो स्रोत ।
२०७६ साउन १, ०२:०३ खबर संवाददाता

कञ्चनपुरमा एक जना वेपत्ता भएको ५ दिन पछि मृत फेला परेका छन। गत शुक्रबार देखि हराएका  जिल्लाको भीमदत्त नगरपालिका—७ का वसन्तबहादुर सिंहको चुरे जङ्गलमा शव फेला परेको हो। उनी भीमदत्त नगरपालिका—७ मा सञ्चालन भएको एक योजनाका उपभोक्ता समितिका अध्यक्ष समेत थिए। 

सिंहको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माध्यमिक विद्यालयमा रङ्ग रोगन गरेको थियो।  सोही कामको रकम भुक्तानी लिन गत शुक्रवार नगरपालिका कार्यालय गएका उनी बेपत्ता भएका थिए। उनको मृत्यु संस्कापद भएको भन्दै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका छन्। सिंहले प्रयोग गरेको मोबाइल लोकेशनका आधारमा खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस