सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जालमार्फत ८० लाख ठग्ने ३ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ असार ३१, ०६:१३

सामाजिक सञ्चालमार्फत ठगि गर्ने ३ जना पक्राउ परेका छन्। फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगि गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

सामाजिसञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाण्डौको खुसीबुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिन रहेको प्रहरीले जनाएको छ।

पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह समेत गरेको छ। 
 

कमेन्ट लोड गर्नुस