सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा चारतले भवन भत्किँदा ४० जनाभन्दा बढी पुरिएको आशंका

। फोटो स्रोत ।
२०७६ असार ३१, ०४:५३

भारतमा चारतले भवन भत्किंदा ४० जना पुरिएकोे आशंका गरिएको छ। मंगलबार बिहान भारतको मुम्बईस्थित डोंगरी इलाकामा केसरबाइ नाम गरेको एउटा चारतले भवन भत्किँदा झण्डै ४० जना पुरिएको आशंका गरिएको हो ।

स्थानीय दमकल विभाग र राष्ट्रिय विपद प्रतिक्रिया दल (एनडीआरएफ) समयमै घटनास्थल पुगेर उद्धारकार्य गरिरहेको जनाइएको छ। भवन रहेको गल्ली साँघुरो भएकाले उद्धारमा कठिनाइ भइरहेको छ भने मानिसहरुको लाइन बनाएर उद्धारकार्य गरिरहेका छन्। सोे भवन एक सय वर्षभन्दा पनि पुरानो भए पनि जीर्ण अवस्थाको भने नरहेको बताइएको छ। 

महानगरभित्र रहेका खतराजनक भवनहरुको सूची बनाउने बृहत मुम्बई कर्पोरेशन (बीएमसी)को सूचीमा पनि यो भवनको नाम समावेश थिएन। बीएमसीका अनुसार बिहान ११ बजेर ४८ मिनेट जाँदा डोंगरीको टांडेल गल्लीमा रहेको केसरबाइ नाम गरेको उक्त भवनको आधा भाग भत्किएको थियो।

मुम्बइ र आसपासका क्षेत्रमा केही दिनयता घरीघरी रोकिँदै पर्दै गरेको वर्षा स्थानीयका लागि घातक सिद्ध हुन थालेको छ। पुने र मुम्बइका विभिन्न ठाउँमा वर्षाका कारण भएका घटनामा अहिलेसम्म ३० जनाको ज्यान गइसकेको छ।  
 

कमेन्ट लोड गर्नुस