सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी

। फोटो स्रोत ।
२०७६ असार ३१, ०२:४२

खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा तानिएका छन्। उनले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन्। मंगलबार ट्वीट गर्दै उनले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन्। ट्वीट गर्दे उनले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने प्रष्ट्याए। केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगाएका छन्।

उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजिएको आरोप लगाए। अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम गरिएको जिकिर गरेका हुन्। अमेरिकालाई फेरि महान् बनाऔं भन्दै उनले आप्रवासी नीतिप्रति ओबामा प्रशासनको आलोचना पनि गरेका छन्। अमेरिकीको जीवनकालकै सबैभन्दा राम्रो अर्थव्यवस्था अहिले रहेको दावी पनि उनले गरेका छन्।

कमेन्ट लोड गर्नुस