सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३० जना बेपत्ता

। फोटो स्रोत ।
२०७६ असार ३१, ०१:५५

बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ६९ पुगेको छ। बाढी पहिरोमा परि ३० जना बेपत्ता छन् भने ४३ जना घाइते भएको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ। सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतीको विवरण संकलन सुरु गरेको छ। १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ भने अहिलेसम्म क्षतिको यकिन तथ्यांक नआएको केन्द्रका प्रमुख वेदनिधी खनालले बताए। 

उनले भने, अब क्षतीको विवरण संकलनसँगै राहत वितरण, पुनर्लाभ र पुनःस्थापनाको काम हुन्छ। समान राहत वितरणको लागि एकद्वार प्रणाली लागू हुने समेत उनले बताए। बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सकिनेछ। त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस