सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तरगत उसुमा सुदूरपश्चिम प्रथम

२०७६ असार ३०, ०६:०७

काठमाडौँमा भईरहेको ११ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तरगत उसुमा सुदूरपश्चिम प्रदेश प्रथम भएको छ। आईतवारदेखि सुरु भएको प्रतियोगिता अन्तरगत उसुमा छ स्वर्ण, छ रजत र छ काश्यका लागि प्रतिस्पर्धा भएकोमा सुदूरपश्चिम प्रदेश पाँच स्वर्ण, तीन रजत र तीन काश्य जित्दै प्रथम भएको सुदूरपश्चिम टिमका प्रशिक्षक रतन खातीले जानकारी दिए। सुदूरपश्चिमका अलिसा खाती, पावल पार्की, विक्रम सुनारीमगर, एलिसा खाती र स्वष्तिक दहितले स्वर्ण जितेका हुन्। यस्तै हेमन्त धामी, किरण बुचामगर र पुष्पा कुँवरले रजत जितेका हुँन भने दिपीका बोगटी, अञ्जली राना र जनक बुढाले काश्य पदक जितेका हुन्।

 

कमेन्ट लोड गर्नुस