सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुन्छः मन्त्री बाँस्कोटा

। फोटो स्रोत ।
२०७६ असार ३०, ०५:०९

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्। काठमाण्डौमा सोमबार सञ्चार उद्यमीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन्। सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसक्ने भन्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी समेत दिए।

यस्तै उनले सञ्चार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न समेत सचेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चारमाध्यमबाट आउन थालेकोप्रतिे आपत्ति समेत जनाए। उनले भने, श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुन्छ, सचारमाध्यमहरुको नियमन गर्न सरकार प्रतिबद्ध भएर लागेको छ।
 

कमेन्ट लोड गर्नुस