सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति ट्रम्पमाथी रंगभेदको आरोप

। फोटो स्रोत ।
२०७६ असार ३०, ०२:३६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथी रंगभेदको आरोप लागेको छ। केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक ट्वीट गरेपछि राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप लागेको हो। राष्ट्रपति ट्रम्पले केही महिला सांसदहरुलाई पूर्णरुपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै उनीहरुलाई पुरानै मुलुकमा फर्कन भन्दै ट्वीट गरेका थिए। राष्ट्रपति ट्रम्पको ट्वीट डेमोक्र्या्टिक महिला सांसदहरुप्रति लक्षित थियो। यद्यपी ट्वीटमा भने कुनै पनि महिला नेतृको नाम उल्लेख छैन।

अहिले उनले ट्वीटको तीव्र आलोचना भइरहेको छ। ट्रम्पले ल्याटिन तथा अफ्रिकन मूलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन्। डेमोक्र्या्टिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख न्यान्सी पेलोसीको गत हप्ता विवाद भएको थियो। त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका छन्।

ट्रम्पले ती नेतृहरु आफ्नो ‘मूल’ देश फर्किने भए यात्राको निःशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने पनि ट्वीटमा उल्लेख गरेका छन्। सभामुख पेलोसीको नाम ट्वीटमा उल्लेख भएकाले ट्रम्पले इंगिद गरेका नेतृहरु एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमार रहेको स्पष्ट भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सभामुख पेलोसीले ट्रम्पको ट्वीट अमेरिकालाई विभाजित गर्ने खालको बताएका छन्। उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्। केही सांसदहरुले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने धारणासमेत सार्वजनिक गरेका छन्। 

कमेन्ट लोड गर्नुस