सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा घर पुरिंदा दुई जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार ३०, ०१:४४

मकवानपुरमा पहिरो जांदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति जिल्लाको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा पहिरोले घर पुंरिदा सुतिरहेका आमा कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबीता बलामीको मृत्यु भएको हो भने ३८ वर्षीया बुहारी बेली बलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार आइतबार राति नै पहिरो खसे पनि स्थानीयबासीले भने बिहान मात्रै थाहा पाएका थिए। बिहानपख छिमेकी बलामीकोे घरै नदेखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियोे। 
 

कमेन्ट लोड गर्नुस