सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घुस सहित पक्राउ परेका दुईजना इन्जिनीयर विरुद्ध अख्तियारद्धारा मुद्दा दायर

२०७६ असार ३०, ०१:१६ खबर संवाददाता

सेवाग्राहीबाट लिएको दुई लाख घुस सहित रंगेहात पक्राउ परेका जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कञ्चनपुरका दुईजना इन्जिनीयर विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आज विशेष अदालत काठमाडौँमा घुस सहित पक्राउ परेका सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तव र  इन्जिनीयर ग्रिस्मा ठगुन्ना विरुद्ध आरोप पत्र दायर गरेको हो।

उनीहरुलाई भीमदत्त नगरपालिकामा निर्माण सम्पन्न भईसकेको चौधर नदी नियन्त्रण योजनामा रनिङ विल फर–फारक गराईदिने भन्दै घुस मागिरहेका बेला गत असार १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो। 

सम्बन्धीत समाचार 

सुदूरपश्चिममा घुस सहित रंगेहात पक्राउ पर्ने पहिलो महिला कर्मचारी, बार्गेनिङमा मुख्य भुमिका

कञ्चनपुरमा घुस सहित रंगेहात पक्राउ परेका सिँचाइ डिभिजनका कर्मचारीलाई कालोमोसो

कञ्चनपुरमा २ लाख घुस सहित सिँचाइ डिभिजनका प्रमुख र इन्जिनीयर पक्राउ

  
 

कमेन्ट लोड गर्नुस