सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले चन्द्रमामा पठाउन लागेको अन्तरिक्ष यानमा प्राविधिक त्रुटि

। फोटो स्रोत ।
२०७६ असार ३०, १२:५४

भारतले चन्द्रमामा पठाउन लागेको अन्तरिक्ष यानमा प्राविधिक त्रुटि देखिएको छ। आइतबार राति २ बजेर ५१ मिनेटमा चन्द्रमाको थप अनुसन्धानका लागि पठाउन लागेको चन्द्रयान २ नामक यानमा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण नगरिएको बीबीसीले जनाएको छ। 

प्रक्षेपणका लागि तय गरिएको भन्दा एक घण्टा अगाडी प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थगित गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इज्रोले जनाएको छ। अब प्राविधिक समस्या पहिचान गरेर अन्तरिक्ष यान प्रक्षेपणको नयाँ समय तय गरिने छ। चन्द्रमामा रहेको पानी, खनिज र चट्टानको अवस्थितीका बारेमा अनुसन्धान गर्न भारतले रकेट प्रक्षेपण गर्न लागेको थियो। यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा अन्तरिक्ष यान पठाएका छन्।

कमेन्ट लोड गर्नुस