सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी–पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

। फोटो स्रोत ।
२०७६ असार ३०, १२:१८

लगातार ५ दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि देशका विभिन्न जिल्लामा अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  २४ महिला र ४१ जना पुरुष रहेका छन्। यस्तै बाढी र पहिरोमा परि ३८ जना घाइते भएका छन् भने ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ भने ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन्।

यस्तै मृत्यु भएका ६५ जनामध्ये ४८ जनाको सनाखत भएको छ। राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार उद्धार तथा बेपत्ताको खोजी जारी रहेको र अहिलेसम्म ४८ मृतकको सनाखन भएको जानकारी दिए। 

अविरल वर्षाका कारण भएको मानवीय क्षती तथा उद्दारको विवरण :

कमेन्ट लोड गर्नुस