सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ऐश्वर्या विद्या निकेतनलाई उत्कृष्ट मावीको सम्मान

२०७६ असार २९, ०४:५९ खबर संवाददाता

सुदूरपश्चिमको धरोहरका रुपमा हेरिएको धनगढीको ऐश्वर्य विद्या निकेतनले उत्कृष्ट माध्यमिक विद्यालयको सम्मान पाएको छ। काठमाडौंमा शनिबार भएको एक समारोहमा नागरिक एकता समाजले देशभरका उत्कृष्ट माध्यामिक विद्यालयहरुलाई सम्मान गर्ने क्रममा सुदूरपश्चिम प्रदेशबाट ऐश्वर्या विद्या निकेतनलाई उत्कृष्ट माविको सम्मान गरेको हो। राष्ट्रिय नाचघर जमलको सभाहलमा पूर्व उपराष्ट्रपति परमानन्द झाबाट ऐश्वर्याका प्रधानध्यापक प्रेमनिधि ओझाले उक्त सम्मान ग्रहण गरेका थिए।    

कमेन्ट लोड गर्नुस