सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमालियामा आत्मघाती आक्रमण : १२ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार २९, ०४:०२

सोमालियाको एक होटलमा भएको आत्मघाती आक्रमणमा १२ जनाको मृत्यु भएको छ। दक्षिणी क्षेत्रमा रहेको एसासी होटलमा आत्मघाती आक्रमण हुँदा क्यानडियन–सोमाली टेलिभिजन पत्रकार होडन नालइहसहितको मृत्यु भएको हो। घटनामा नालइहका श्रीमानको पनि मृत्यु भएको छ।

आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थसहितको कार किस्मायोमा रहेको एसासी होटलमा बिस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन्। विस्फोटपछि केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणको जिम्मेवारी इस्लामिक समूह अल–शवावले लिएको छ।

आक्रमण भएका बेला होटलमा क्षेत्रीय राजनीतिज्ञ र नेताहरु थिए। उनीहरुले आउँदो क्षेत्रीय चुनावका बारेमा छलफल गरिरहेका थिए। 
 

कमेन्ट लोड गर्नुस