सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक सेवा ९ बजे नै बन्द

२०७६ असार २९, ०३:४० खबर संवाददाता

धनगढी–कैलालीको गौरिगंगा नगरपालिका स्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले आकस्मिक सेवा २४ सै घण्टा सुचारु नगर्दा सेवाग्राही मर्कामा परेका छन्। आकस्मिक सेवा २४ सै घण्टा सुचारु गर्नुपर्ने भएपनि प्राथमिक स्वास्थ्य केन्द्रले भने साँझदेखि नै सेवा बन्द गर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। स्थानीय बसन्त बमले शनिवार ९ बजे स्वास्थ्य केन्द्रमा पुग्दा आकस्मिक कक्षको ढोका नै बन्द गरिएको बताए। उनले एक घण्टा सम्म स्वास्थ्य केन्द्रमा बस्दा पनि कसैलाई नभेटेको गुनासो गरे। 
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अस्विनी चौहानले भने ढोका लगाईएको स्विकार गरेपनि सेवा नै बन्द नभएको दावी गरे। उनले विरामी नै नभएपछि आकस्मिक कक्षको ढोका लगाईएको बताए। 
 

कमेन्ट लोड गर्नुस