सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो पटक नेपालले गर्यो टी–२० अन्तराष्ट्रिय सिरीज ‘क्लिन स्विप’

। फोटो स्रोत ।
२०७६ असार २९, ०१:२६

नेपालले पहिलो पटक टी–२० अन्तराष्ट्रिय सिरीज क्लिन स्विप गरेको छ। आईसीसी टी–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले त्यहाँ दुई खेलको टी–२० सिरिज खेलेको थियो। पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आइतबार भएको दोस्रो खेलमा ६ रनको जित हात र्पायो।

यो सिरिजमा नेपालले ब्याटिङ र बलिङ दुबैतर्फ सन्तुलित प्रदर्शन र्गयो। क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १६७ रनमा सीमित र्गयो। अन्तिम ओभरमा मलेसियालाई जितका लागि १४ रन आवश्यक थियो भने क्रिजमा ठूला सट खेलिरहेका मोहमद सहदत थिए। तर अभिनाश बोहराले अन्तिम ओभरमा तीन डट बल फाल्दै सात रनमात्र दिएपछि नेपालले ६ रनको जित हात पारेको हो।

मलेसियाका ओपनर विरानदीप सिंह र शइद अजिजले पहिलो विकेटका लागि ७५ रनको बलियो साझेदारी गरेपछि घरेलु टिमले दरिलो सुरुवात गरेको थियो। विरानदीप २३ रन बनाएर अभिनाश बोहराको बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट हुँदा नेपालले पहिलो सफलता हात पारेको थियो। त्यसपछि कप्तान अहमद फाइजलाई १७ रन बनाएपछि सन्दीप लामिछानेले क्याचआउट गराए। अमिनुद्धिन रामलीले ११ बलमा २४ रन बनाएर मलेसियाको इनिङ उकासेका थिए। उनलाई कप्तान पारस खड्काले आउट गरेपछि छैटौँ सफलता हात पारेको थियो। सइद अजिजले पनि ३७ बलमा ५० रन बनाए। पछिल्ला क्रमका ब्याट्सम्यानहरुले केही ठूला सटहरु खेले।

छैटौं नम्बरमा ब्याटिङमा आएका विकेटकिपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरी २५ बलमा ५१ रनको अविजित अर्धशतकीय पारी खेलेपछि नेपालले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर १७३ रनको ठूलो योगफल बनाउन सकेको हो। भण्डारीले ३ चौका र ५ छक्का प्रहार गरेका थिए। किनरारा ओभल मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आइतबारको खेलमा कप्तान पारससँग युवा ब्याट्सम्यान पवन सर्राफले ओपनिङ गरेका थिए। यो जोडीले ३४ रनको साझेदारी गरेको थियो। पाँचौं ओभरमा पवन १० रनको स्कोरमा रनआउटको शिकार भए।

छैटौं ओभरको दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस क्रमशः ७ र २३ रनमा आउट भएपछि नेपाल ४२–३ को कठिन स्थितिमा पुगेको थियो। यू–१९ कप्तान रोहितकुमार पौडेल र अनुभवि शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको ठोष साझेदारी गरेपछि नेपालको पारी आकासियो। रोहित २३ बलमा १९ रन बनाएर आउट भए। त्यसपछि आएका विनोद भण्डारीसँग मिलेर शरदले थप २९ रनको साझेदारी गरे। शरद २८ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाएर आउट भए।

विनोदले करण केसीसँग मिलेर ३३ रनको साझेदारी गरेका थिए। करणले १० बलमा १ चौका र १ छक्कासहित १६ रन जोडे। विनोदले सोमपाल कामीसँग सातौं विकेटका लागि २३ रनको अविजित साझेदारी गरेका थिए। बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। सइद अजिज र सुव्रिम मुनिन्देले एक–एक विकेट लिए।
 

कमेन्ट लोड गर्नुस