सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीको वहाब बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

। फोटो स्रोत ।
२०७६ असार २९, १०:०१

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको हो। तर ढोका पुरै भने कुनै पनि खोलिएको छैन। 

एउटा ढोका २२ फिटसम्म खोल्न मिले पनि एक फिट देखि १५ फिटसम्म मात्र खोल्ने गरेको पाइएको छ। पुलको सबै ढोकाबाट ९ लाख क्यूसेक पानी जाने क्षमता छ। तर सबै ढोका खोलिए पनि पूर्ण रुपमा नखोल्दा कोशी ब्यारेजको उत्तरी क्षेत्रमा पानी सञ्चय भएर बस्दा सुनसरी, सप्तरी र उदयपुरलाई क्षती गर्दै आएको स्थानीयले गुनासो गरेका छन्। अहिले पानी पर्न कम भएसँगै कोशीमा पानीको बहाव घट्दै गएको छ।

यस्तै रौतहटको दशगजामा रहेको तटबन्धको ४ मध्य दुई वटा ढोका खोलेपछि अहिले सदरमुकाम गौर सहितका ठाउँमा पानीको निकास भैरहेको छ। अहिलेसम्म झण्डै ८० प्रतिशत पानी निकास भएपछि स्थानीयबासिन्दा सरसफाइमा जुटेका छन्। लालबकैया र बाग्मती नदीलाई जोडेर भारतीय पक्षले बनाएको बाँधले सदरमुकाम गौरसहितका क्षेत्र डुबानमा परेको थियो। तर अहिले पानी पर्न पनि कम भएको तथा दुई वटा ढोका पनि खोलिएकाले पानीको सतह कम हुँदै गएको छ। 
 

कमेन्ट लोड गर्नुस