सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई ३/३ लाख दिने प्रदेश २ सरकारको निर्णय

। फोटो स्रोत ।
२०७६ असार २८, ०४:१९

बाढी पहिरोमा परि ज्यन गुमाउनेका परिवारलाई प्रदेश २ को सरकारले ३।३ लाख दिने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०।१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ। 

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ।

कमेन्ट लोड गर्नुस