सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पहिरो पीडितको उद्दारका लागि स्वास्थ्यकर्मी र हेलिकप्टर पठाइने

। फोटो स्रोत ।
२०७६ असार २८, ०४:१३

गृहमन्त्रालयले बाढी पहिरो पीडितलाई तुरुन्त राहतको व्यवस्था गर्ने निर्णय गरेको छ। शनिबार गृहमन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा हेलिकप्टर र स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। 

शुक्रबार मौसमका कारण हेलिकप्टरबाट राहत तथा उद्दारको काम गर्न नसकिएपनि हेलिकप्टर प्रयोग हुन थालेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रष्ट पारे। थापाले वर्षा सुरु हुनुअघि सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी गरिएको जानकारी दिए। स्थानीय प्रशासन, सुरक्षा निकाय राहत तथा उद्दारमा सक्रियताका साथ परिचालन गरिएको समेत उनको भनाइ थियो। 

 

कमेन्ट लोड गर्नुस