सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस र राजपाले मुद्दाका आधारमा सहकार्य गर्ने

। फोटो स्रोत ।
२०७६ असार २७, ०५:२५

विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सदनमा मुद्दाका आधारमा सहकार्य गर्ने भएका छन्। सर्लाही घटनालाई लिएर पहिलो पटक दुई दल सदनमा एकस्वरमा प्रस्तुत भएका थिए भने कुमार पौडेल र सरोजनारायण यादव मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई लिएर दुई दलले रोष्टम घेराउ समेत गरेका थिए।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने,‘लोकतन्त्रमाथि नै धावा बोल्न थालेपछि हामीले सहकार्य सुरु गरेका हौं’, ‘हामी मुद्दाका आधारमा सहकार्य गर्छौं।’ राजपा नेता यादवकाअनुसार मधेस तथा थारु आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाव दिने सहमति भएको छ। 

कांग्रेसले सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्थाका लागि आवाज उठाए आफूले साथ दिने उनले बताए। नेताहरुका अनुसार अहिले सदनमा यसरी मुद्दाका आधारमा सहकार्य हुनेछ। तर सरकार यसरी नै अगाडि बढे सडकमा पनि सहकार्य गर्नेबारे छलफल हुन सक्ने उनले बताएका छन्।

कमेन्ट लोड गर्नुस