सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरीका १८ स्थान हाई अलर्टमा

। फोटो स्रोत ।
२०७६ असार २७, ०४:३३

जल तथा मौसम विज्ञान विभागले देशभरीका १८ स्थानलाई हाई एलर्टमा राखेको छ। केही दिन देखि भइरहेको अविरल वर्षाका कारण खतरा बढ्न सक्ने भन्दै नारायणी, कोशी, बागमती, कमला र कनकाई नदीको तटमा पर्ने १८ स्थानलाई हाई एलर्टमा राखिएको हो।

नारायणी नदीको तटमा पर्ने रजैया, मकवानपुर गढी, रौतहटको केलहवी, सिलिङ्गे, कोशी नदीको तटमा रहेको कोशी खोला पनौती, माने भंज्यांग, लेटाङ्गलाई हाई एलर्टमा राखिएको छ।

यस्तै बागमती नदीको तटीय क्षेत्रहरु चिसापानी गढी, रौतहटको गरुडा, सिन्धुलीको नेपालथोक, हरिहरपुर गढी, कमला नदीको तटीय क्षेत्रमा पर्ने चिसापानी बजार, जिनाखु, राणीबास र तितरिया क्षेत्र र कानकाई नदीको शोकटिम चिया स्टेशन र कन्याम चिया स्टेशन हाई एलर्टमा रहेको छ। 

हाई एलर्ट क्षेत्रका बासिन्दालाई साबधान रहन र सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। त्यस क्षेत्रमा कुनै बेला बाढी आउन सक्ने वा पानीको सतह बढ्न सक्ने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस