सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक कार्यक्रममा बोलाइएका मन्त्री पण्डितमाथी आदिवासी युवाहरुद्धारा दुव्र्यवहार

। फोटो स्रोत ।
२०७६ असार २७, ०१:१३

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथी दुव्र्यवहार भएको छ। आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन्। शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन्।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएकोकमा उक्त बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए।  भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए थिए। ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर लगायतका नारा लगाएका थिए।

बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको बताइएको छ। मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस