सुदूर नेपाललाई विश्वसँग जोड्दै

यतीको जहाज धावनमार्गमा चिप्लियो

२०७६ असार २७, ११:४३

यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको छ । शुक्रबार बिहान नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गमा चिप्लिएको हो । उक्त क्रममा एक यात्रु सामान्य घाइते  भएका छन्  भने अन्य यात्रु सकुशल भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ । 

कमेन्ट लोड गर्नुस