सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा

। फोटो स्रोत ।
२०७६ असार २६, ०३:४७

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। बर्मिङघमको एजबास्टनमा नेपाली समय अनुसार सवा तीन बजे सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। एक दिवसीय विश्वकपको उपाधि पहिलोपल्ट उचाल्ने लक्ष्यमा रहेको इंग्ल्याण्डलाई आजको खेलमा सबैभन्दा ठूलो र निर्णायक जितको आवश्यकता छ। 

आजको खेलमा अष्ट्रेलियाले एक जना खेलाडीमा परिवर्तन गरेको छ। चोटग्रस्त उस्मान खवाजाको ठाउँमा पिटर ह्यान्ड्सकम्बले खेल्नेछन्। इंग्ल्याण्डले भने पुरानै टिमलाई मैदानमा उतारेको छ। यस खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ। न्यूजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै लगातार दोस्रोपटक फाइनलमा पुगेको थियो। दोस्रो सेमिफाइनल यदि अस्ट्रेलियाले जितेमा गएको संस्करणकै फाइनल दोहोरिनेछ। 

कमेन्ट लोड गर्नुस