सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको आलोचना गर्ने बेलायती राजदूतद्धारा राजीनामा

। फोटो स्रोत ।
२०७६ असार २६, ०२:३१

अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले पदबाट राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गर्ने बेलायती राजदुत सर किम डाकरले पदबाट राजीनामा दिएका छन्।

बेलायतको विदेश मन्त्रालयले सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गर्दै उनको व्यावसायिकताको प्रशंसा गरेको छ। उनले ‘ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो’ भएको भन्दै लेखेको इमेल सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले उनलाई ‘मूर्ख व्यक्ति’को संज्ञा दिँदै उनीसित कुनै व्यवहार नगर्ने बताएका थिए।

सर किमले आफूले सबै खाले अड्कलबाजी रोक्न चाहेको बताएका छन्। इमेल सार्वजनिक भएपछि अमेरिकाका लागि राजदूतकारूपमा आफ्नो काम गर्न असम्भव भएको उनको भनाइ छ। सर किम डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नु एक वर्षअघि सन् २०१६ मा अमेरिकाका लागि राजदूत बनेका थिए। 
 

कमेन्ट लोड गर्नुस