सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले नेपाललाई पठाएको पत्रबारे थाहा नै दिएनन् : प्रधानमन्त्री ओली

२०७६ असार २६, ०१:२९

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षणमा असन्तुष्टि जनाएका छन्। बिहिबार संघीय मामिला मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारतले नेपाललाई पठाएको पत्रबारे आफुलाई थाहा नभएको दाबी गर्दै भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नदिने निर्णयविरुद्ध भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘गुमराह’मा राखेकोे बताएका छन्।

भारतीय दूतावासबाट आएको पत्रबारे परराष्ट्र मन्त्रालय, वाणिज्य र कृषि मन्त्रालय जानकार भए पनि आफुलाई थाहा नदिएको बताउंदै उनले भने, ‘पत्र आएको रहेछ, मलाई थाहा भएन, जनता सामु मलाई झुटो बनाइयो,’ ‘यसमा मैले क्षमा माग्नुपर्छ। भारतबाट आएको धेरै दिन अघि नै आएको रहेछ। म लज्जित हुनुपर्ने अवस्था भयो।’ उनलाई झुक्याउने काम जानाजान हो या लापरवाहीका कारण हो खुल्न नसकेको बताउदै उनले भने, ‘यसबारे म बुझ्नेछु।’

कमेन्ट लोड गर्नुस