सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका नदीमा पानीको बहाव बढ्दै

फोटो : तपेन्द्र रावल
फोटो : तपेन्द्र रावल
२०७६ असार २६, १२:३३ खबर संवाददाता

वर्षाका कारण कैलालीका विभिन्न नदी तथा खोलाहरुमा समान्य समयको भन्दा पानीको सतह बढ्दै गएको छ। लगातारको वर्षाले जिल्लाका ठुला, मझौला र साना नदी तथा खोलामा पानीको सतह समान्य समयको भन्दा बढेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ। कर्णाली नदीको सतह बढेर ६ मिटर ५७ सेन्टीमिटर पुगेको केन्द्रले जनाएको छ। कर्णालीमा १० मिटर पानीको सतह पुगे चेतावनी तह मानिन्छ भने १० मिटर ८० सेन्टीमिटर पुगे खतरा मानिन्छ। 

यस्तै मोहना नदीमा अहिले एक मिटर ५५ सेन्टीमिटर सतह पुगेको छ भने खुटिया नदीमा एक मिटर ९५ सेन्टीमिटर पानीको सतह पुगेको छ। कर्णाली र मोहनासंगै कान्द्रा, पथरिया, गौरिगंगा, शिवगंगा लगायतका अन्य नदीहरुमा पनि पानीको बहाव बढेको केन्द्रले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस