सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ

२०७६ असार २६, ११:४५ खबर संवाददाता

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन्। छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ को बन्धाताल टोलका ३९ वर्षीय कालु नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिह थापाले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको बताए। उनका अनुसार नेपालीले मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोवायलमा भिडियो समेत बनाएको बुझिएको छ। प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस