सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण जलमग्न विराटनगर, कोशी अञ्चल अस्पताल

२०७६ असार २६, ११:३६

लगातार तीन दिन देखि भएको वर्षाका कारण विराटनगरका धेरै ठाउँहरू जलमग्न भएका छन भने कतिपय ठाउँहरु डुबानमा परेका छन्। वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिए। उनका अनुसार सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवनमा समेत जलमग्न भएको छ। त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको उनले बताए।

उनले भने, केहीबेर पानी पर्यो भने इमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने सक्छ।  ढलको निकास ब्यविस्थत नबनाइ सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको उनले बताए। उनले भने, ‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अवस्था छ, ‘विराटनगर महानगरपालिकाले कुनै चासो दिएको छैन।’ 

कमेन्ट लोड गर्नुस