सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय तरकारी र फलफूलको विषादी परीक्षण रोक्ने निर्णय कार्यान्यवन नगर्न सर्वोच्चको आदेश

२०७६ असार २५, ०६:२३ खबर संवाददाता

भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षण नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने आदेश दिएको हो। विषादी परीक्षण रोक्ने सरकारको निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपाल, उपभोक्ता अधिकारवादी ज्योति बानियाले  सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि ३० गते बोलएको छ। 
 

कमेन्ट लोड गर्नुस