सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डद्धारा भारतलाई २४० रनको लक्ष्य

। फोटो स्रोत ।
२०७६ असार २५, ०४:२७

आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ। निर्धारित ओभरमा न्यूजिल्याण्डले ८ विकेट गुमाएर २३९ रन बनायो। वर्षाका कारण मंगलबार स्थगित भएको खेलमा न्यूजिल्याण्डले ४६ दशमलव १ ओभरमा न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो।त्यही अवस्थाबाट सुरु भएको खेलमा न्यूजिल्याण्डले आज थप २८  रन जोड्न सफल भयो। 

पहिलो दिन नटआउट रहेका रस टेलर र टम लाथम दुवैले व्यक्तिगत सात सात रन थपेर आउट भए। टेलर ७४ रनमा रन आउट हुँदा लाथमलाई १० रनमा भुवनेश्वर कुमारले पेभेलियन पठाए। १ रन बनाएर खेलिरहेका हेनरी निकलोसलाई पनि भुवनेश्वर कुमारले नै आउट गरे।

मंगलबार टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले सम्हाल्ने प्रयास गरेका थिए।यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए। निकोलस २८ रन बनाएर आउट भएका थिए। कप्तान विलियमसनले अर्धशतकीय पारी खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन सकेनन्। विलियमसनले ६७ रन बनाउँदा ९५ बलको सामना गरेको थिए। 

कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए। भारतका लागि भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजबेन्द्र चाहलले समान एक(एक विकेट लिए। आजको विजेताले फाइनलमा स्थान बनाउँदै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
 

कमेन्ट लोड गर्नुस