सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवाको काममा अवरोध नगर्न सुझाव

। फोटो स्रोत ।
२०७६ असार २५, ०३:५०

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन्। बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले लोकसेवा लगायतका संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न पाउँदा मात्र जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुग्ने बताउंदै स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोकसेवा, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने बताए।

संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए। 
 

कमेन्ट लोड गर्नुस