सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना हुंदा तीन जनाको मृत्यु, १७ जना घाइते

। फोटो स्रोत ।
२०७६ असार २५, १२:२४

ओखलढुंगामा बस दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान जिल्लाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा दुर्घटना हुँदा बस चलक झापाका कृष्णबहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका ५ का माया थापा र सिन्धुलीका लालबहादुर धामीको घटनास्थलमै मृेत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनाका गम्भीर घाइते चारजनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेलाई उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकल हलमा उपचार भइरहेको छ। सो बस सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस