सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : वर्षाले रोकिएको न्यूजिल्याण्ड र भारतबीचको खेल आज हुँदै

। फोटो स्रोत ।
२०७६ असार २५, ०७:३६

इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेपछि स्थगित भएको छ। मंगलबार स्थगित भएको खेल बुधबार हुँदैछ। म्यानचेस्टरको वर्ल्ड ट्रफोट मैदानमा टस जितेको न्यूजिल्याण्डले ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाका कारण खेल रोकिएको थियो। जतिबेला उसले ५ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो। त्यसयता पानी पर्न नरोकिएपछि खेल सुरु हुन सकेन। बाँकी खेल बुधबार नेपाली समयअुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ। 

जारी विश्वकपका खेलहरु वर्षाले प्रभावित भएको यो पहिलोपल्ट होइन। यसअघि लिग चरणका ५ खेल वर्षाले रद्ध गरिएको थियो। लिग चरणमा भारत र न्यूजिल्यान्डबीचको खेल पनि वर्षाले रद्ध भएपछि अंक बाँडिएको थियो।म्यानचेस्टरमा बुधबार पनि वर्षाको सम्भावना छ। आज पनि नभएमा समूह चरणको रनरेटका आधारमा भारत फाइनलमा पुग्नेछ।

अहिलेसम्मको खेलमा भारतीय बलिङ आक्रमणले न्यूजिलयाण्डको ब्याटिङलाई नियन्त्रणमा लिएको छ। अनुभवी ब्याट्सम्यान रस टेलर ६७ र विकेटकिपर ब्याट्सम्यान टम लाथाम ३ रन बनाएर क्रिजमा छन्। यसअघि ओपनर मार्टिन गुप्टिल पुनः एकपल्ट सस्तैमा आउ हुँदा हेनरी निकोल्सले २८ रन बनाएर आउट भएका थिए। कप्तान केन विलियमसन ६७ रनको स्कोरमा युजवेन्द्र चहलको बलमा आउट भएका थिए। जिम्मी निसमले १२ र कोलिन ग्राण्डहोमले १६ रनमात्र बनाउन सके। न्यूजिल्याण्डले ३.५ ओभर ब्याटिङ गर्न बाँकी छ। शशक्त भारतीय ब्याटिङ लाइनका लागि न्युजिल्याण्डले चुनौतिपूर्ण रन योगफल बनाउन सकेको छैन।

कप्तान विराट कोहलीले जसप्रित बुमराह, भूवनेश्वर कुमार, हार्दिक पण्ड्या, रविन्द्र जडेजा र युजवेन्द्र चहललाई बलिङको जिम्मा दिएका छन् र सबैले एक–एक विकेट लिएका छन्। यस खेलको विजेताले अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ।

कमेन्ट लोड गर्नुस