सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि भारी बर्षाको सम्भावना

२०७६ असार २४, ०७:२० खबर संवाददाता

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिममा पनि भारी बर्षाको सम्भावना रहेको छ। महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको मौसममा सुदूरपश्चिम सहित देशभरी नै भारी बर्षा रहेको उल्लेख गरिएको छ। आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ महाशाखले जनाएको छ।

देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको केही स्थानहरुमा भारी बर्षाको संभावना रहेको महाशाखाले जारी गरेको मौसमी अपडेटमा भनिएको छ। यस्तै बुधवार दिउँसो खेशका केहि  भू–भागमा वर्षाको सम्भावना रहेको र देशको केही स्थानमा भारी बर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

बिहीवार पनि देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली बदली रहने जल तथा मौसम पुर्वामान महाशाखाकी मौसमविद् मञ्ज वासीले बताईन्। उनले देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै  थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको जानकारी दिईन्। 
 

कमेन्ट लोड गर्नुस