सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६ असार २३, ०३:५७ खबर संवाददाता

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज मात्रै सकिएको खेलमा मलेसियालाई नेपालले ७ विकेटले हराएको हो। ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो। नेपालको जितमा भीम शार्कीले ३३ कप्तान रोहित कुमार पौडेलले ३१ र पवन सर्राफले १८ रनको योगदान दिए। यसअघि मलेसियालाई नेपालले ४०.५ ओभरमा अलआउट गरेको थियो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले ३ कुशल मल्लले दुई तथा रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले एकरएक विकेट लिएका थिए। अब नेपालले फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस