सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि मन्त्रालयसँग विषादी परीक्षण गर्ने क्षमता नै नभएको मन्त्री यादवको टिप्पणी

। फोटो स्रोत ।
२०७६ असार २३, ०३:२३ खबर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षण आफैमाथि नाकाबन्दी जस्तै भएको बताएका छन। राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको टिप्पणी गरे। कृषि मन्त्री चक्रपाणी खनालले वाणिज्यको कमजोरीका कारण विषादी परीक्षण स्थगन गर्नु परेको बताएका थिए। त्यसको जवाफ दिँदै मन्त्री यावदले उल्टै कृषि मन्त्रालयसँग विषादी परीक्षणको क्षमता नभएको आरोप लगाएका हुन। कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले स्वीकार गरे। तर मन्त्री यादवले भारत अथवा अरु कुनै विदेशी शक्तिको दबाबमा सरकारले निर्णय फिर्ता लिएको कुरा गलत रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस