सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोपा अमेरिकाको उपाधि ब्राजिललाई

। फोटो स्रोत ।
२०७६ असार २३, ०२:५५ खबर संवाददाता

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो। सन २००७ पछि पहिलो पटक ब्राजिलले यस प्रतियोगिताको उपाधि जितेको हो। १९७५ पछि फाइलनमा स्थान बनाएको पेरुले खेलमा पकड भने जमाउन सकेन। ब्राजिललाई जित दिलाउन ग्याब्रियल जिसस, एभर्टान सोरेस र रिचर्डसनले समान एक–एक गोल गरे। उता पेरुका लागि पाओलो गुरेरोले एक गोल गरे। खेलको १५ औँ मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिलाई सुरुवाती अग्रता दिलाए। उनले जिससको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। खेलको ४४ औँ मिनेटमा गुरेरोले पेनाल्टीमार्फत गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए। पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ अग्रता दिलाए। खेलको ७० औँ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। ब्राजिलका जिसस दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए। खेलको ९० औँ मिनेटमा रिचर्डसनले पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए। ब्राजिलको यो नवौं कोपा अमेरिकाको उपाधि हो।
 

कमेन्ट लोड गर्नुस