सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

२०७६ असार २१, ०१:०८ खबर संवाददाता

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विक्रम विष्ट चयन भएका छन्। संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन्। आज धनगढीमा भएको विशेष साधारण सभाबाट विष्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति छानिएको हो। संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ, सचिवमा देवनारायण झा र कोषाध्यक्षमा सम्भु लामिछाने चयन भएका छन्।

त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिल कुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरी रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहोरा निर्विरोध चयन भएका छन्।
 

कमेन्ट लोड गर्नुस