सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब नेपालमा दर्ता नभएका मोबाइल लक हुने

२०७६ असार २१, १०:५२ खबर संवाददाता

अब नेपालमा पनि दर्ता नभएका मोबाइल लक हुने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छली गरेर आउने मोबाइल तथा देशभित्र हुने दुरूपयोग रोक्न भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। प्राधिकरणले मलेसियन कम्पनी नुमेरासँग ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ।

ओएसआई कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको संयुक्त रुमा सम्झौता गरिएको मन्त्रालयका  प्रवक्ता मिनप्रसाद अर्यालले बताए। उक्त सम्झौता अनुसार आउँदो ६ महिना भित्र कम्पनीले नेपालमा सिस्टम तयार गर्नेछ। सो सिस्टम सञ्चालन भएपछि विदेशबाट नेपाल आउने  सबै खालका मोबाइलको आइएमइआई नम्बर अनिवार्य दर्ता गर्नु पर्नेछ।

दर्ता भएका मोबाइलको सबै रेकर्ड सिस्टमबाट निगरानी गरिनेछ।  जसले मोबाइलको दुरुपयोग हुनो क्रम रोक्न सकिने र चोरी गरिएका मोवाइल समेत लक गर्न सकिनेछ। नेपालमा पछिल्लो सयम भन्सार छली गरी मोबाइल आयातको दर बढ्दै गएको प्राधिकरणले जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस