सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको दबावपछि तरकारी र फलफूलको आयातमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय

२०७६ असार २०, ०५:२० खबर संवाददाता

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने निर्णयबाट सरकार पछि हटेको छ। भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विषादी जाच विना नै तरकारी र फलफूलको आयात गर्न दिने निर्णय गरेको हो। सरकारले भने भारतको दवावले नभई सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार नभएका कारण नीतिबाट पछि हटेको जनाएको छ। 

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो। विषादी परिक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न परिपत्र भएपछि कैलाली र कञ्चपुरमा पनि भारतबाट तरकारी र फलफूलको आयात रोकिएको थियो। विषादी परिक्षण अनिवार्य भएपछि त्रिनगर नाका र गड्डाचौकी नाकामा परिक्षण प्रयोगशाला नहुँदा भारतीय तरकारी र फलफूलको आयात लगभग ठप्प नै भएको थियो। जस्ले यस क्षेत्रका किसानहरु स्थानीय उपजले बजार पाएको भन्दै खुसि भएका थिए। 
 

कमेन्ट लोड गर्नुस