सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग

२०७६ असार २०, ०३:३२ खबर संवाददाता

कैलाली उद्योग वाािण्ज्य संघले गेटा मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेको छ। संघका अध्यक्ष पुष्पराज कुँवरले आज विज्ञप्ती जारी गर्दै मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्न माग गरेको हो। यथासिघ्र एमविविएस पढाई संचालन गर्न र गुणस्तरिय स्वास्थ्य सेवाका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान उपयुक्त हुने ठहर विज्ञप्तीमा गरिएको छ।

अहिलेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अहिले मेडिकल कलेज बनाउन प्रयासरत रहेको र विगतमा स्वास्थ्य मन्त्री हुदा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर दावी गरेको प्रसंगलाई जोड्दै एकै व्यक्ती अलग–अलग मंन्त्रालयमा मन्त्री भएर जादा एउटै कुरालाई आफु अनुकुल वनाउन खोज्नु राम्रो संस्कार नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। 

स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अभियानलाई सहयोग गर्न सुदूरपश्चिम प्रदेश सरकार, स्थानिय सरकार, विभिन्न संघ संस्था, पत्रकार, वुद्धिजिवी, व्यवसायी र आम नागरिकलाइ आग्रह समेत गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस