सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोरायल गाउँपालिकाद्वारा एफएम खोल्न सस्थालाई ११ लाख, एक बर्ष सम्म एफएम खुलेन

एफएम खोल्न बुडरमा राखिएको सामान
एफएम खोल्न बुडरमा राखिएको सामान
२०७६ असार २०, ०१:२१ खबर संवाददाता

डोटीको जोरायल गाउँपालिकाले एफएम सञ्चालन गर्न ११ लाख भुक्तानी दिएको एक बर्ष भईसक्दा समेत एफएम भने सञ्चालन गरिएको छैन्। गाउँपालिकाले २०७५ असार ३२ गते सामुदायिक एफएम घण्टेश्वर सञ्चालन गर्न एउटा सस्थालाई ११ लाख भुक्तानी दिएको थियो। तर अहिले सम्म एफएम सञ्चालनका लागि आवश्यक सामान समेत खरिद भएको छैन्। विकास सञ्चार समूहका अध्यक्ष समेत रहेका शंकर थापालाई गाउँपालिकाले सामुदायिक एफएम सञ्चालनका लागि कार्यपालिकाको बैठकबाट निर्णय गर्दै ११ लाख भुक्तानी दिएको थियो। एफएम सञ्चालनका लागि दुई पक्षविच असारको २४ गते सम्झौता भएकोमा आर्थिक बर्षको अन्तिम दिन भुक्तानी दिईएको थियो। 

तर अहिले सम्म एफएम सञ्चालनका लागि टावर निर्माण र उपकरण जडानको प्रक्रिया समेत अगाडी बढेको छैन्। जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिर भण्डारीले गत बर्ष नै एफएम सुरु भईसक्नु पर्ने भएपनि अहिले सम्म एफएम सुरु नभएको बताए। उनले एफएम सञ्चालनका लागि बजेट दिन पाउने वा नपाउने विषयमा आफुलाई धेरै जानकारी नभएको बताउँदै कार्यपालिकाको बैठकले नै निर्णय गरेपछि भुक्तानी दिएको बताए। 

यता घण्टेश्वर सामुदायिक एफएम सञ्चालक समितिका अध्यक्ष शंकर थापाले भने बजेट २१ लख ५० हजार माग गरेपनि ११ लाख मात्रै भुक्तानी दिएकाले बजेट अपुग हुँदा एफएम सञ्चालन गर्न नसकेको बताए। उनले ११ लाख बराबरको सामान भने जोरायल गाउँपालिका वडा नम्वर २ बुडरमा पुगाईसकेको दावी गरे। थप बजेट व्यवस्थापन गर्दै यसै बर्ष भित्र एफएम सञ्चालन हुने दावी उनको छ। एफएमका लागि अहिले सम्म खरिद गरिएका सामान दिपायलबाट ढुवानी गरिएको विल बनाईएको छ। तर दिपायलमा एफएम खोल्नका लागि आवश्यक सामान नै नपाउने गरेको डोटीमै पत्रकारीता गर्दै आएका एक जनाले बताए। 

यता सरकारी ढुकुटीबाट अन्य सस्थालाई एफएम सञ्चालन गर्न बजेट दिनु नै गलत भएको टिप्पणी समेत हुँदै आएको छ। जोरायल गाउँपालिकाका स्थानीयले पनि आर्थिक बर्षको अन्त्यमा बजेट भुक्तानी गर्दा विरोध गरेका थिए। तर जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने कार्यपालिकाले निर्णय गरेपछि बजेट दिन पाउने दावी गरे। बजेट दिएपनि काम सम्पन्ताको प्रमाणपत्र पछि मात्रै सबै भुक्तानी दिन पाउने व्यवस्था भएपनि गाउँपालिकाले भने काम सुरु नहुँदै सबै बजेट भुक्तानी गरेको थियो। 

कमेन्ट लोड गर्नुस