सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्रक दुर्घटना

२०७६ असार १९, १२:०३ खबर संवाददाता

कञ्चनपुरको हुलाकी सडकमा ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परि चालक जयबहादुर थापा घाईते भएका छन्। हुलाकी सडक अन्तरगत जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी खण्डमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ट्रक दुर्घटना भएको हो। महेन्द्रनगरदेखि बेल्डाँडी आईरहेको ना ७ ख २३९६ नम्वरको ट्रक बेल्डाँडी क्याम्प नजिक दुर्घटना भएर नहरमा खसेको हो।

ट्रक धनी तेजसिह धामीका अनुसार ४ सय २५ बोरा सिमेन्ट बोकेर बेल्डाँडी आउदै गर्दा सडकबाट ट्रक नहरमा खसेको हो। सो सडक समयमै निर्माण हुन नसक्दा दुर्घटना बढ्दै गएका छन्। 
 

कमेन्ट लोड गर्नुस