सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय ब्याट्सम्यान रायुडूद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

। फोटो स्रोत ।
२०७६ असार १८, ०६:१८

भारतीय ब्याट्सम्यान अम्बीता रायुडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आईसीसी विश्वकप क्रिकेट २०१९ को टिममाा नपरेपछि ट्वीट गरेका उनी चर्चामा थिए। पछि उनलाई वैकल्पिक खेलाडीहरुको सूचीमा समावेस गरिएको थियो। भारतको आन्ध्र पद्रेशका क्रिकेटर रायुडूले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको कारणबारे भने केही बताएका छैनन्। उनले आईपीएलमा भने खेल्ने छन्। 
चोटको कारण शिखर धावन र विजय शंकर टिमबाट बाहिरिए पनि उनीहरुको स्थानमा भारतीय क्रिकेट बोर्ड बीसीसीआईले उनलाई विश्वकपका लागि इंग्ल्याण्ड पठाएन। पछिल्लो एक वर्षदेखि रायुडू भारतीय टिमको नियमित सदस्य रहँदै चार नम्बरमा ब्याटिङ गर्दथे। तर विश्वकपमा भने उनको स्थानमा विजय शंकरलाई राखिएको थियो। एकदिवसीय क्रिकेटमा उनको सर्वाधिक स्कोर १ सय २४ रन छ। रायुडूले ६ वटा टी–२० पनि खेलेका छन्। उनले २०१३ मा डेब्यू गरेका थिए। विश्वकपका लागि चौथो स्थानमा आफ्नो दावेदारी बलियो बनाउनका लागि प्रथम श्रेणी क्रिकेटबाट पहिला नै सन्यास लिएका थिए।
 

कमेन्ट लोड गर्नुस