सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईफा अवार्ड नेपालमा नहुने

२०७६ असार १८, ०१:५२ खबर संवाददाता

भारतीय फिल्म अवार्ड आईफा नेपाल नहुने भएको छ। अवार्डको विषयलाई लिएर विरोध भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सरकारले यसवर्षको आईफा अवार्ड नेपालमा नगर्ने भन्ने हल्ला साँचो भएको जानकारी दिए। संघिय सरकारको असार ८ को मन्त्रिपरिषद बैठकले  भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो। अवार्डका लागि सरकारले बजेट नै विनीयोजन गरेपछि आलोचना भएको थियो।  
 

कमेन्ट लोड गर्नुस