सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दुई अर्ब खर्चेर विवाह

२०७६ असार १७, ०४:३४

भारतको उत्तराखण्डको अउली नगरको गुप्ता परिवारले आफ्ना छोराहरूको वैवाहिक कार्यक्रममा दुई अर्ब भारतीय रुपैयाँ खर्च गरेका छन्।  भारतीय सञ्चार माध्यका अनुसार  दक्षिण अफ्रिकी मूलका भारतीय व्यापारी अजय गुप्ता र अनिल गुप्ताका दुई छोराको  बिहेमा सो रकम खर्च भएको हो। गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो। अजय गुप्ताका छोरा सूर्यकान्तको विवाह जुन १८ देखि २० सम्म भएको थियो भने अतुल गुप्ताका छोरा शशांकको विवाह २० देखि २२ जुनसम्म भएको थियो। वैवाहिक कार्यक्रमका क्रममा करिब तीन सय क्विन्टल फोहोर थुप्रिएकोे छ।विवाहका कारण दुर्गन्धित इलाका सफा गरिएको छ। गुप्ता परिवारका सदस्य अजय गुप्ताले विवाहका क्रममा जम्मा भएको फोहोर सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगद  भुक्तानी गरेका थिए। नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाइ कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ। उत्तराखण्ड उच्च अदालतले जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याबारे प्रतिवेदन बुझाउन आदेश दिएको छ ।
विवाह समारोहमा मुख्यमन्त्रीहरू, नायिका कट्रिना कैफ, योगगुरु बाबा रामदेवसमेतका विशिष्ट पाहुना सहभागी भएका थिए। विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुईघन्टे योग शिविर सञ्चालन गरेका थिए। विवाहमा सहभागी हुने अतिथिका लागि हेलिकोप्टरको समेत व्यवस्था गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस