सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनलाइन जुवा खेलाउने सुदूरश्चिमका २ सहित २४ जना पक्राउ

२०८१ माघ २१, ०४:०३ खबर संवाददाता

काठमाडौंः अनलाइन जुवा खेलाउने सुदूरश्चिमका २ सहित २४ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठ वटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा १० जना भारतीय र १४ जना नेपाली नागरिक गरि २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले ललितपुर महानगरपालिका–२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा डोटीको पुर्वीचौकीका तेज बोगटी र दार्चुलाको ब्यास गाउँपालिकाका हेमन्त धामी पनि रहेका छन्। 

प्रहरीका अनुसार उनीहरूले आठ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए। जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ। 

 

कमेन्ट लोड गर्नुस