सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कानुनी व्यवस्था गर्न सांसदहरुको माग

। फोटो स्रोत ।
२०७६ असार १५, ०२:०१

राष्ट्रिय सभाका सांसदहरूले भूमिहीनलाई लालपुर्जा वितरण गर्नका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। 

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहीनलाई लालपुर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग माग गरे। सत्तारुढ नेकपाका सांसदसमेत रहेका उनले उनले गुठीको उचित व्यवस्थापन हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न दबाब दिए।

यस्तै नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गरे। उनले खानेपानी मन्त्रालयले अझै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा कहिले ल्याउने भन्ने यकिन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

सांसद दिलकुमारी रावल थापाले सहकारी संस्थालाई व्यवस्थित रूपमा परिचालन गर्न सरकारलाई सुझाव दिइन्। उनले सार्वजनिक जग्गालाई व्यवस्थापनका लागि सरकारले चालिरहेको कदम उचित रहेको बताए।

कमेन्ट लोड गर्नुस